दाङमा १८ महिनाको शिशुसहित १६ जनामा कोरोना संक्रमण

भदौ १०, दाङ । दाङमा समुदायस्तरमा कोरोना फैलिएको छ । आज बुधबार १८ महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा जिल्लाको तुलसीपुर र घोराही उपमहानगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तुलसीपुरबाट संकलित १०३ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, घोराही उपमहानगरपालिकाका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट संकलित २३ जनाको स्वाब परीक्षणमा १८ महिनाका शिशु र अर्का ३३ महिने शिशुसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का १ जना र वडा नम्बर १७ का १ जना गरी ५ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये केहीको समुदाय स्तरबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १ जना, वडा नम्बर ११ का १ जना, वडा नम्बर १४ का ३३ महिने शिशुसहित ३ जना, वडा नम्बर १५ का १८ महिने शिशुसहित ३ जना र वडा नम्बर १८ का १ जनामा गरी ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि भएकाहरुमा अधिकांश समुदायस्तरका रहेकाहरुको स्वाब संकलन गरिएको थियो ।घोराहीमा संक्रमण पुष्टि भएकाहरु बैंक कार्यरत कर्मचारीका आफन्तहरु रहेका घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । केही दिन अघि मात्रै घोराहीको लक्ष्मी बैंक र कर्णाली बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

यस्तै, जिल्लाको राजपुर गाउँपालिकाबाट संकलित ५७ जना र बबई गाउँपालिकाबाट संकलित १ जनाको परिक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । बुधबार संक्रमण पुष्टि भएका १६ जनासहित जिल्लामा कोरोना सक्रमित संख्या ७ सय ४७ पुगेको छ । तीमध्ये ६८१ जना उपचारपछि निको भइ डिस्चार्ज भइसकेका छन् । दाङमा अहिले दिउँसोको जनजीवन सामान्य सरह रहेपनि रातिको समयमा निषेधाज्ञा लगाइएको छ । उता, प्रतिष्ठान मै गरिएको स्वाब परिक्षणमा प्युठानका ३ महिलासहित ८ जनामा पनि कोरोना पुष्टि भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.