भदौ ४, ललितपुर । ललितपुर महानगरपालिका–९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एक्कासी प्रहरीलाई हातपात गरपछि पश्चात उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बी एण्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

