सिम्खडाको अध्यक्षतामा एघार सदस्यसहितको सुन्दरीजल विकास समिति गठन

भदौ २, काठमाडौँ । काठमाडौँको पर्यटकीय धार्मिकस्थल सुन्दरीजलको विकास तथा प्रवद्र्धनका लागि सामाजिक अभियन्ता एवं कलाकार श्रीकृष्ण सिम्खडाको अध्यक्षतामा सुन्दरीजल विकास समिति गठन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पर्ने सुन्दरीजल आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तब्य बन्दै आएको छ । यस क्षेत्रको थप प्रचार प्रसार र भौतिक पुर्वाधारहरुको प्रवद्र्धनका लागि सक्रियता बढाउने उद्देश्यले विकास समितिको गठन गरिएको अध्यक्ष सिम्खडाले जानकारी दिनुभयो । सो समितिको उपाध्यक्षमा रमालक्ष्मी श्रेष्ठ, सचिवमा विश्वराज श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुनिल सिलाकार, प्रकाश कर्माचार्य, विश्वनारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, विपिन श्रेष्ठ र सुशिल खड्का रहेका छन् ।

नवगठित समितिले स्थानीय पुर्वाधारहरुको विकास र निर्माणमा स्थानीय तहदेखि सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरी कार्य गर्ने लक्ष्य लिएको छ । सुन्दरीजल क्षेत्र हाईकिङ, सुन्दरीमाईको दर्शन भ्रमणका लागि काठमाडौँ उपत्यकाका मानिसहरुको पहिलो रोजाईमा पर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.