भदौ २, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा गर्ने निर्णय भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दिएको जानकारीअनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निषेध आदेश जारी गर्ने निर्णय भएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको थियो । निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक कुनै पनि यातायात तथा व्यवसाय सञ्चालन हुने छैनन् । बैठकले काठमाडौं उपत्यकामा १० हजार सिट क्षमताको आइसोलेसन सेन्टर बनाउने, एम्बुलेन्स तयारी अवस्थामा राख्नेलगायतका निर्णय गरिएको उनले जानकारी दिए ।

