बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्नेमा पर्यटन मन्त्री भट्टराईको जोड

साउन ३०, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रवार बौद्ध दर्शन तथा गुम्बा विकास समितिको ९७ औं बैठकमा मन्त्री भट्टराईले बुद्धको दर्शनलाई विश्वब्यापी बनाउँदै मानव जातिलाई एकिकृत गर्नु पर्नेमा जोड दिएका हुन् । मन्त्री भट्टराईले बौद्ध दर्शन तथा गुम्वा ब्यवस्थापन समितिमा मनोनित हुने सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै बौद्ध दर्शनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्न समेत सबैलाई निर्देशन दिए । मन्त्री भट्टराईले देशमा हजारौं गुम्वाहरु रहेका दाबी गर्दै गुम्वाहरुको तथ्याङ्क एकिकृत गरी ऐतिहासिक सम्पदाको जिर्णोदार गर्नु पर्ने बताए ।

उनले भूकम्पबाट क्षति पुगेका गुम्वाहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभागसँग समन्वय गरेर कार्य गर्न अनुरोध गर्दै देश भरी रहेका बुद्धसँग सम्बन्धित काम गर्ने संघ संस्थाहरुसँग सहकार्य गरेर कार्य गर्न आग्रह समेत गरे । मन्त्री भट्टराईले समितिलाई बौद्ध दर्शन सम्बन्धि विश्वस्तरको खोज अनुसन्धान गरी प्रकाशन गर्न समेत आग्रह गरे । विगतमा स्थानीय विकास मन्त्रालयले गुम्बा ब्यवस्थापन गरे पनि हाल बौद्ध गुम्वाहरु सांस्कृतिक तथा पुरातात्विक हिसावले महत्वपूर्ण रहेकोले सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मातहतमा ल्याएको समेत बताए।

बैठकले बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा सञ्चालन नियमावली ०७१, निर्देशिका नियमावली ०७१ ,आर्थिक प्रशासन नियमावली ०७१ संशोधन तथा कर्मचारी शर्त नियमावली, प्राचिन गुम्बा÷विहारको अभिलेखिकरण गर्ने, बौद्ध दर्शन गोन्पा विकास परिषद ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय तथा गत आ।व। को प्रगति तथा चालु आवका बार्षिक कार्यक्रम अनुमोदन समेत गरेको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (जिक्डोल) बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.