मुट्टु रोगी पार्वतीको उपचारका लागि साउदीबाट पनि आर्थिक सहयोग

साउन २९, काठमाडौँ । तीन वर्षअघिदेखि मुटु रोगी पीडित काभ्रे रोशी गाउँपालिका–३ निवासी पार्वती तामाङको उपचारार्थ साउदीमा रहेका नेपालीहरुबाट आर्थिक संकलन गरी पठाएको छ ।

पीडित पार्वती बचाऔ अभियान सञ्चालन गरी साउदी अरबमा श्रम गरिरहेका नेपालीहरुले संकलित रकम रु. एक लाख २३ हजार ५५९ पठाएको गुन्जमान लामा (लोप्चन) ले जानकारी दिए । सहयोग रकम संकलनमा देब बहादुर लोप्चन, बिरबल लोप्चन, गुन्जमान लामा (लोप्चन), दुधलाल बालको अध्यक्ष्यतामा अनलाइन बठैक मार्फत रकम उठाउने निर्णय गरेअनुसार संकलित रकम नेपाल पठाएको लोप्चनले जानकारी दिए । उक्त सहयोग संकलनमा जितलाल लोप्चनले महत्वपूर्ण भूमिका निभाएको बताए ।

पार्वतीलाई बचाउन विभिन्न देशहरुमा रहेका नेपाली सहयोगी मनहरुबाट सहयोग जुटाएका छन् । जसमा कतारबाट तिर्थ तामाङ साउदीबाट गुन्जमान लामा ,दुबईबाट छिरिङ बल, अमृत तामाङ ,जापानबाट गोपाल तामाङ अखिल तामाङ, नेपालबाट एक्का लामा, सत्य तामाङ, धन बहादुर तामाङ र धर्मलाल थिङले लगायतले महत्वपूर्ण अभियान सञ्चालन गरी आर्थिक सहयोग जुटाएका छन् । हालसम्म रु. १५ लाखभन्दा बढि रकम संकलन भएको र पीडित परिवारलाई हस्तान्तरण गरी उपचार प्रक्रिया अगाडी बढाउने बताएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.