अमेरिका बाट आयो “फेसबुकमा” ( भिडियो )

साउन २८, काठमाडौँ । पछिल्लो समय एक पछि अर्को चर्चित गीत सार्वजनिक गरेर स्रोताको मन जित्न सफल गायक रमेश कडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘फेसबुकमा’ सार्वजनिक गरेका छन्।

डान्सिङ प्याट्रनको यस गीतमा स्वर रमेश कडेलको रहेको छ भने शब्द दिपेश चापागाईको रहेको छ। गोविन्द हुमागाईले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुनिल क्षेत्री , सिम्पल खरेल र अन्य कलाकारहरुको जोडदार अभिनय देख्न सकिन्छ। भिडियोलाई नेपाली ठिटो समूहले कोरियोग्राफी गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। लोक देखि आधुनिक विधाका सबैखालका भिडियो निर्देशन गरेर चर्चा कमाउन सफल निर्देशक सुनिल क्षेत्रीको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कमल खत्रीको अफिसिएल च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल गायक कडेलका ‘मायालु’, ‘देख्न पाउ’ , ‘ईमेल इन्टरनेट लगायतका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन्। यसअघिका गीत संगीत संगीत जस्तै यस गीतलाई सपोर्ट र माया गरिदिन गायक कडेलले सम्पूर्ण दर्शक, सोर्ता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.