‘युवाको नाममा विनियोजित बजेटको अर्थहिन’

ज्ञानकाजी तामाङ, 
साउन २८, काठमाडौँ । दोलखाको प्रेम बाहदुर लामा रोजगारीको लागि विदेश बस्न थालेको करिब २५ बर्ष भयो । मूलुकमा रोजगार नपाएपछि २०५५ सालमा मलेसिया गएको उनी यो अबधिमा ४ वटा देशमा पुगिसके तर न त राम्रो काम पाएको छ न त उल्लेख्या पैसा कमाउन नै सकेको छ । मलेसियमा ६ वर्ष फर्निचर काम गरेर नेपालमै केहि गर्ने उदेश्यले फर्केको उनी १ वर्ष नेपालमा भौतारिएर नेपालमै केहि गर्छु भन्ने योजनामा केहि सीप नलागेपछि पुनः निर्माण सम्बन्धी काममा कतारमा गए ।

कतारमा पनि ८ बर्ष बिताएर फर्के र कुबेत गएर गाडि चलाउने काममा ६ बर्ष उतै बिताए त्यहबाट फर्केपछि उनि अहिले साउदी अरबमा गाडि चलाउने काम नै गर्छन् तर उमेरले ५० हुनै लाग्दा उनलाई पीर लागेको छ अब नेपाल गएर के गर्ने ??
सिन्धुलाल्चोकको कृष्ण बाहदुर परियारको पनि कथा ब्यथा उस्तै छ । बिदेशमा करिब १५ बर्ष बिताएपछि नेपाल फर्के तर न त उनले सोचेको जस्तो परिर्वन भए न त देशमा बस्ने अवस्था नै छ ।

गाउँमा गएर बाउ बाजेको बिडो धन्दै छन लुगा सिलाउने काम गरेर । मुलुकमा केही अवसर र वातवरण नदेखेपछि उनले गत माघमा म्यनपावरमा पासपोर्ट बुझाई सकेको छ । “लकडाउनले गर्दा मात्रै हो गाउमा बसेको नत्र त यति बेला त खाडिमा काम गर्दै पो हुन्थे, नेपालमा न त सिस्टम छ न त सरकारले बिकाश निमार्णमा युवालाई सहभागि गराउने खालको योजना नै ल्याउछन् । हामी त देशको संकटमा होस् वा विकाशमा सधै पराई भएको छ” । आक्रोस पोख्दै अगाडि थप्छन् “युवा भएर देशमा नै बस्न त कि त राजनितिक दलको आसेपासे बन्नुपर्छ कि त सरकारी जागिर नै खान सक्नुपर्छ हामी जस्ता बिपन्नले नत जागिर खान सक्छ न त नेतागिरी नै गर्न सक्छ विदेशिने बाहेक केहि उपाय छैन”

यी त नगन्य उदाहण मात्रै हुन नेपाली युवाको पिडा र मर्काको । सरकारले प्रत्येक वर्ष युवाको नाममा अर्बौ रुपैया रकम बिनियोजन गर्छन, करोडौ रुपैया खर्च गरेर तामझामको साथ अन्तराष्ट्रिय युवा दिवस मनाईरहदा दैनिक २ हजार भन्दा धेरै युवाले श्रम गर्न कै लागि नेपाल छाड्छन् । जसोतसो केहि बर्ष बिताएर नेपालमै केहि गर्नै जोसजाँगर लिएर त आउछन् तर यहाँको अस्तब्यस्त राजनितीक वातरणले फेरि उतै फर्कन बाध्या बनाउछन । अझ कतिपय त आफ्नो सपना, घरपरिवार र मुलुकलाई नै छोडेर मृत्यु पछि मात्रै पनि कर तिरेर नेपाल आईपुग्छन् । विश्वको अधिकंश मुलुकले आफ्नो देशको युवा शक्तिको शतप्रतिशत उपयोग गर्दा समेत कामदारको अभाव भएर अरु देशबाट कामदार मगाउछन् र मुलुकको बिकाशमा लगाउँछन् तर हाम्रो मुलुकले आफ्नै देशको युवा शक्ति खेरा फालिरहेको छ । मुलुकको विकाश युवामैत्री हुनसकेको र विकाश निर्माणमा सहभागीता गराउन सकेको छैन् । सरकारको नेतृत्व गर्ने ब्यक्तीहरुले बनाउने योजना हेर्ने हो भने युवा बिदेश जाँदा कर उठाएर तलब खाने, विलासी सवारी चड्ने र उनिहरुले पठाउने रेमिटेन्सलाई देशको मुख्य आम्दानीको रुपमा गणन गरेर देशको कुल गह्र्रस्त उत्पादन (न्म्ए) बढेको तथ्यंक सार्बजनिक गर्दे मख्ख पर्ने बहेक अरु योजना देखिदैन ।

को हुन त युवा ? नेपालमा कस्तो छ त युवाको अवस्था? 
युवा शक्ति कुनैपनि देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समुह जनसंख्याको सार्वधिक सक्रिय, उर्जावान र गतिशील समूह पनि हो । कुनै पनि राष्ट्र विकाशका प्रमुख मानब स्रोत र साधन युवा भएकोले युवाको सहभागीता विना देशको बिकाश संभव छैन । हरेक राजनैतिक परिवर्तनहरुलाई सस्थागत गर्न र राष्ट निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । राष्ट्रको मेरुदण्डको रुपमा रहेको युवा अवस्थालाई फरक फरक तरिकाले परिभाषित गरेको पाईन्छ । शरीरिक र मानसीक बिकाशका दृष्ट्रीले किसोर अवस्था र वयस्का अवस्था बिचको उमेर समुहलाई युवा भनेर परिभाषित गरेको देखिन्छ भने संयुक्त राष्ट्र संघ र विश्व बंैक जस्ता अन्तराष्ट्रिय संगठनले १५ देखि २५ वर्ष उमेर समुहलाई युवा भनेर निर्धरण गरेको छ ।

नेपालको सन्र्धभमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा युवा नीति २०७२ ले १६ देखि ४० वर्ष समुहलाई युवा समुह हो भनि निर्धारण गरेको छ । नेपालमा कुल जनसंख्याको ४०.४३ प्रतिशत (१ करोड ७ लाख) यो उमेर समुहको छन् ।(राष्ट्रिय जनगणन २०६८) जुन उमेर समुहको बिभाजन समुह मध्ये सबैभन्दा बढि हो । १९.२ प्रतिशत युवा पूर्ण रुपमा बेरोजगार रहेको छन् । ४०.२ प्रतिशत कृषिमा र करिब ४१ प्रतिशत युवा वैदेशिक रोजगारमा छन । पत्येक बर्ष करिब ६ लाख भन्द बढि युवा रोजगारीको लागि बिदेश जान्छन् । ति मध्ये करिब ०.८ प्रतिशतको उतै मृत्यु समेत हुने विभिन्न सर्वेक्षणले देखाएको छ । नेपालको युवा ७० प्रतिशत युवा जिवनमा कुनै न कुनै समय वैदेशिक रोजगारीमा जाने गरेको हुन्छन् ।

सरकारले युवा हरुको समस्या र युवालाई रोजगार दिने उदेश्यले राष्ट्रिय युवा परिषद २०७२ गठन गरेपनि यो एक राजनितिक भर्ति केन्द्र बाहेक अरु बन्न सकेको छैन । देशै भरि सञ्जाल बिस्तार गरे पनि यस्त खाले संस्थाले युवाहरुको रोजगारीको ग्यारेण्टी गर्न सकेको छैन र विदेश जाने युवाहरुको संख्या नै घटाउन सकेको छैन । नेपालको अधिंकाश यो उमेरको युवा बैदेशिक रोजगारीमा अदक्ष कामदारको रुपमा न्यून पारिश्रमिक लिएर काम गर्न बाध्य छन् । मुलुकमै केहि काम गरौ श्रमको मुल्यांकन हुदैन, सरकारले युवालाई समेट्ने खालको कुनै पनि दिर्घकालिन खालको योजन नभएपछि मुलुकको युवा शक्ति न्युन पारिश्रममा काम गर्न बाध्य हुन्छन । सरकारले राष्ट्रिय युवा परिषद् मार्फत युवाको रोजगारी र प्रर्बधनको लागि २०२५ सम्माको मिठो योजन त सार्वजनिक गरेको छ तर नत यो योजन वास्तविकतामा कार्यन्वायन हुन सक्ने खालको छ न त युवालाई मुलुकमै रोक्नसक्ने खालको नै छ । योजना हेर्दा केवल राजनितिक गर्ने केहि युवा हरुको व्यवस्थापन गर्ने खालको बाहेक केहि दैख्दैन ।

यसपाली पनि युवा तथा खेलकुद मन्त्रलाय र राष्टिय युवा परिषद सहित युवा सँग आबद्ध दर्जनौ संघसस्थाहरुले अन्तराष्टिय युवा दिवसको अवसरमा भर्चुवल नै भए पनि अपौचारीक कार्यक्रम गर्ने योजन गरेको छन् । कार्यक्रममा केहि थान टाठाबाठा युवाहरुले मिठा मिठा गफ गर्ने नै छन, कुनै योजन माथि छलफल गर्ने नै छन, युवाको नाममा विनियोजीत भएको खर्चहरुको प्रर्दशन हुने नै छन र कार्यक्रम सम्पन्न गर्ने छन तर कृष्ण बाहदुर परियार, प्रेम बाहदुर लामा जस्ता लाखौ युवाहरु पासपोर्ट बोकेर बिदेश जानु र युवा सँग सम्वन्धित सो कार्यक्रमको न त कुनै सम्बन्ध हुने छ न त उनिहरुलाई यस्तो खालको कार्यक्रमले केहि फाईदा नै गर्ने वाल छ फाईदा त केवल युवाको नाममा राजनिति गर्ने झोलेहरुलाई मात्रै हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.