विश्वभरि मृत्यु हुने ७ लाख ४५ हजार नाघ्यो, कुन देशमा कति हेर्नुहोस् सुची ?

साउन २८, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ७ लाख ४५ हजार ९७१ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका २ करोड ५ लाख २५ हजार ६२० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १ करोड ३४ लाख ४६ हजार ४०५ जनाको उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १ लाख ६७ हजार ७४९ जनाको मृत्यु भएको छ भने ५३ लाख ५ हजार ९५७ जनामा संक्रमित फेला परेका छन् । पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारभन्दा बढी पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या ३५ हजार भन्दा बढि छ । ब्राजिलमा १ लाख ३ हजार ०९९, भारतमा ४६ हजार १९७, स्पेनमा २८ हजार ५८१, फ्रान्समा ३० हजार ३५४, बेलायतमा ४६ हजार ६२८ जनाको मृत्यु भइसकेको छ । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा २३ हजार ९४८ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ८३ को मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.