शनिबार काठमाडौं उपत्यकामा ६२ कोरोना संक्रमित थपिए

साउन २४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ संक्रमित थपिएका छन् ।

ललितपुर र भक्तपुरमा ३÷३ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार नेपालमा ३७८ कोरोना संक्रमित थपिएका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.