मनोजको ‘लकडाउनको तिज’ मा कविता ( भिडियो )

साउन २३, काठमाडौँ । नेपालीहरुका विभिन्न चाडपर्वहरुमध्ये तिज पनि महिलाहरुले मनाउने महत्वपूर्ण चाड हो । परापूर्वदेखी धार्मिक एवं सांस्कृतिक प्रचलन अनुसार तीज पर्व मनाइदै आइएको छ ।

अहिलेको समावेशी समाजको लागि यो राम्रो पक्ष पनि हो । यसैले समभावनाको बोध गराउँदछ । वास्तवमा यो विशेष परम्परागत पर्व हो । यसपटक कोरना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्। यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेली ‘लकडाउनको तीज’ सार्वजनिक गरेका छन्।

यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’ को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ। गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्। स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ। २०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्। सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.