वीर अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण

साउन २२, काठमाडौं । वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको अस्पतालका कार्यकारी निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित चिकित्सक अहिले अस्पतालको आइसोलेसनमा उपचारत छन् । यसअघि बुधबार र मंगलबार अस्पतालको ‘फिभर क्लनिक’ मा आएका ३ जना बिरामीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । उनका अनुसार चिकित्सक र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन् । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १५ शय्या छुट्याएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.