सशस्त्र प्रहरीका डीएसपीसहित १३१ जनामा कोरोना संक्रमण

साउन २०, काठमाडौं । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् ।

जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ । उनले संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.