साउन १९, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रण देखिएको हो । जसमध्ये काठमाडौंमा ४३ जना, ललतिपुरमा तीन जना र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएका हुन् । देशभर पछिल्लो २४ घण्टामा ४१८ कोरोना भाइरस संक्रमित थपिएका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६३७ को पीसीआर परीक्षण गरिएको छ । कुल पीसीआर परीक्षण गरिएकाहरुको संख्या तीन लाख ९८ हजार ९०७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३५८ जना डिस्चार्ज भएका छन् भने कुल डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

