साउन १६, काभ्रे । जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ कल्धरमा नेपाली सेनाले बनाएको बाटो हस्तान्तरण गरिएको छ । नेपाली सेनाको सामाजिक आर्थिक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत गुप्तेश्वर महादेव मन्दिर जाने तीन किलोमिटर गोरेटो बाटो सिडी तथा आवश्यक स्थानमा रेलिङ र सोलर बत्ति जडान कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मध्यपूर्वी पृतनापति उपरथी सुरेस कुमार कार्की , श्री २६ नं. बाहिनीका बाहिनीपति विष्णु राउत, विष्णु गण दलका गणपति सुवास खड्का, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ लगायतको उपस्थिथि रहेको थियो ।

कार्यक्रममा तेमाल गाउँपालिका वडा नं. ७ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । गाउँपालिकामा सेनाले गरेको यो कार्यले नेपाली सेनाले सुरक्षा मात्र गर्छ भन्ने आम मानिसको बुझाईलाई चिर्दै विकास निर्माणका काममा पनि उल्लेखिय काम गर्ने धारणा विकास भएको उनले बताएका छन् । वडा अध्यक्ष तामाङले सेनाको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन् ।
त्यस्तै मध्येपूर्वी पृतनाका पृतनापति उपरथि सुरेश कुमार कार्कीले आफ्नो कार्यकालको सुरुवाती चरणमै सेनापतिको हैसियतमा आफ्नो कार्यक्षेत्रमा पोख्ता काम गरि हस्तान्तरण गर्न पाउँदा गौरवन्तीत महसुस व्यक्त गरेका छन् । जनउपयोगी सार्वजनिक महत्वको नागरिकसंगको सम्बन्ध अझै प्रगढ बनाउने उनको भनाई थियो ।

