साउन ९, विराटनगर । झापामा शुक्रबार २५ जना संक्रमित थपिएका छन् । प्रदेश १ भर थपिने नयाँ कोरोना संक्रमितको संख्या ३३ जना छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा एक एक जनामा संक्रमण देखिएको छ । झापाको काँकडभिट्टामा १७ पुरुष, एक महिला, झापा गाउँपालिकामा तीन÷तीन जना पुरुषमा कोरोना देखिएको छ । बिर्तामोड नगरपालिकाका एक जना पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । सुनसरीको रामधुनीमा ३, इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरङको विराटनगरमा एक पुरुष र धनकुटाको महालक्ष्मीमा अर्का एकजना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा।सुरेश मेहताले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ
प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या अब ७ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा शुक्रबारसम्म ३८ हजार ६ सय ७१ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

