साउन ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

यो साता निकै राम्रो छ यी ९ राशिको भाग्य, तपाईको राशि कुन ?

मेष
मेष राशिका लागि यो साता सामान्य खालको छ । वादविवादमा फसिने सम्भावना छ । आशा गरेकै ठाउँबाट असहयोग हुनसक्छ ।
बृष
यो साता मानसिक अशान्ति होला । व्यापार व्यवासायमा नोक्सानी हुने देखिन्छ।
मिथुन
साता शुभ रहेको छ । शत्रु पक्षको पराजय हुँदा काममा सफलता मिल्नेछ । परिवार तथा तथा प्रेममा सफलता मिल्ला।
कर्कट
साता मध्ययम खालको छ । यात्रामा अनेकानेक विध्नबाधा खडा हुन सक्छन् । यत्रतत्र यश कीर्ति फैलने समभावना छ।
सिंह
साताको सुरुवातमा अशुभ समाचार सुन्नुपर्ने छ । मनमा अशान्तिले डेरा जमाउला । प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुनेछ।
कन्या
कन्या राशिका लागि साता राम्रो छ । धन लाभसँगै कार्यसिद्धिको योग रहेको छ। कुनै समाचारले चिन्ता बढ्नसक्छ।
तुला
आर्थिक कारोबारमा क्षति हुनसक्छ । गरेका काममा सफलता मिल्नेछ । आफन्तबाटै धोका हुनाले मन खिन्न होला।
वृश्चिक
साता मध्यम खालको छ । मानसम्मानमा वृद्धि होला । लेनदेनमा विवाद हुनसक्छ । आय आर्जनमा नोक्सानी हुनसक्छ।
धनु
अनावश्यक ठाउँमा धननाश होला। पारिवारिक साथ सहयोग प्राप्त हुनेछ। आँखामा कष्ट हुनसक्छ।
मकर
आफन्तजनसँगको भेटघाटले खूशी दिनेछ। विश्वासपात्रबाटै घातप्रतिघात हुनसक्छ। स्वास्थ्यमा सुधार आउने छ।
कुम्भ
आँटेका कार्यहरु अधुरै रहलान्। शुभ समाचार सुन्न पाइनेछ। नोकरीमा उन्नति हुनेछ भने मानसम्मान पाइने छ।
मीन
व्यापार व्यवसायमा असन्तुलनता देखा परेको छ। सोचका सबै काममा सफलता नभएपनि ठुला कामहरु बन्न सक्छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.