असार २६, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर पाँच लाख ५७ हजार ४९१ जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका १ करोड २३ लाख ९३ हजार ४९२ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७२ लाख २४ हजार ८८५ जनाको उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ भने ३२ लाख १९ हजार ९९९ जनामा संक्रमित फेला परेका छन् । पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।
यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारभन्दा बढी पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या ३४ हजार भन्दा बढि छ । ब्राजिलमा ६९ हजार २५४, भारतमा २१ हजार ६२३, स्पेनमा २८ हजार ४०१, फ्रान्समा २९ हजार ९७९, बेलायतमा ४४ हजार ६०२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ हजार ५३१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ३५ को मृत्यु भएको छ ।

