आत्मघाती गोलमा टोटेनहमको जित

असार २३, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आत्मघाती गोलबाट जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले एभर्टनमाथी १–० गोलको साँघुरो जित निकालेको हो । टोटेनहमको जितका लागि एभर्टनका माइकल किनले खेलको पहिलो हाफमा नै आत्मघाती गोल उपहार दिएका थिए । उनले खेलको २४ औं मिनेटमा आत्मघाति गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा १–० अग्रता दिलाए ।

निकैनै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुबै टोलिबाट केहि गोलको अवसर सृअना गरे पनि गोल हुन सकेन्न । दोस्रो हाफमा दुबै टोलिबाट थप कुनै गोल नहुदा टोटेनहमले १–० गोलको साँघुरो जित निकालेको हो । यस जितसँगै टोटेनहमले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ । टोटेनहमले ३३ खेल खेल्दै ४८ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ । यता पराजित एभर्टन समान खेलबाट ४४ अंकसहित ११ औं स्थानमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.