सरकारलाई जिम्मेवार बन्‍न राप्रपा अध्यक्ष राणाको आह्‍वान

असार १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवनरक्षा र कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई आह्‍वान गरेका छन् ।

कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवन सुरक्षा माग गर्ने युवा मतलाई लिएर सत्तापक्षको चेत नुखल्नु निन्दनीय र चिन्ताजनक रहेको राणाले टिप्पणी गरेका छन् । कुर्सीको झगडा थाती राखेर युवा पुस्ताको मन जित्‍न सरकार र नेकपाको उनले ध्यानाकर्षण गरेका छन् । “कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै इशानसहित युवाहरू सात दिनयता सत्याग्रहमा छन् । तिनको जीवनरक्षा, स्वास्थ्य, सान्दर्भिक मागप्रति सत्तापक्षको चेत नखुल्नु निन्दनीय छ, चिन्ताजनक छ,” राप्रपा अध्यक्ष राणाले बिहीबार ट्‍विट गर्दै भनेका छन्, “कुर्सीको झगडा थाती राखी, चीर निद्राबाट जागेर युवा पुस्ताको मन जित्न सरकार र नेकपालाई आह्‍वान गर्दछु ।”

पाटन, मंगलबजारमा इशानसहित युवाहरूले खाना–पानीबिनै सत्याग्रह जारी राखेका छन् । स्वास्थ्य स्थिति बिग्रिएपछि केही सत्याग्रहीलाई अस्पतालमा लगिएको छ । तिनले महाराजगन्जस्थित शिक्षण अस्पतालमा सत्याग्रह जारी राखेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.