असार १६, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या साढे १३ हजार नाघेको छ ।
आज ३ सय १३ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा २४५ पुरुष र ७१ महिला छन् ।
योसँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

