‘मायालु’ मा रोमाण्टिक मुडमा देखिए सुनिल र वीना (भिडियो सहित)

असार १५, काठमाडौँ । लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन्। यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ ।

झापा घर भइ अमेरिकामा बस्दै आउनु भएका गीतकार राजेश अर्यालले यस गीतका शब्द लेख्नुभएको हो। प्रेम भाव बोकेको ‘मायालु’ बोलको यो गीत एल्बम ‘स्मृति’ भित्र समावेश छ। गीतमा संगीत गायक भूपू पाण्डेको नै रहेको छ। म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको रोमान्स देख्न सकिन्छ। अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’ लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन गरेका हुन्। गीतकार राजेश अर्यालको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

गीतकार अर्यालका यसअघि ‘प्रेमको फुलू’ ‘बाउकी सोझी छोरी’, ‘आइ लव यु’ ‘आइ मिस यु’ लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक भैसकेका छन्। भर्खरै सार्वजनिक ‘मायालु’ लाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गीतकार अर्यालले आग्रह गरेका छन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.