असार १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका वडा नं. ६ कमिटिको कार्यालय उद्घाटन भएको छ ।
बौद्धको पिपलबोटमा नेकपा काठमाडौँ जिल्ला पार्टी अध्यक्ष एवम् निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईले पार्टी वडा कार्यालयको उद्घाटन गरेका हुन् । एमाले र माओवादी एकतापछि काठमाडौँ महानगरपालिका वडा ६ मा पहिलो पटक पार्टी कार्यालयको स्थापना भएको छ ।

कार्यलयको उद्घाटन गर्दै अध्यक्ष राईले पार्टी एकता र संगठनिक भावनालाई मजबुद बनाउन पार्टी कार्यालयले महत्वपूर्ण भूमिका निभाउने बताएका छन् । सम्पर्क कार्यालयको काम नै नेता र कार्यकर्तावीच सम्बन्धको दूरी बढाउनु हो । पार्टी अनुशासन र सिद्धान्तको बारेमा थप बुझ्न पाउने ठाउँको रुपमा लिनुपर्ने अध्यक्ष राईले बताए । पार्टीले स्थानीय तहसम्म संगठन निर्माण तथा जिम्मेवारी बाडफाँटको गर्न नसकिरहेको बेला का.म.पा–६ ले संयुक्त रुपमा पार्टी कार्यालय स्थापना गरेर सकारात्मक शन्देश प्रवाह गरेको उनले बताए । उद्घाटन कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीको विधानमा रहेर सबैलाई जिम्मेवारी पाउने प्रदान गरिने बताउँदै पार्टी विधानलाई अध्ययन गर्न पनि अग्राह गरे ।

पार्टी संगठनको अस्तव्यस्त भएको बेला बौद्ध निवासी नेता तथा समाजसेवी चन्द्रमान लामाले आफ्नै घरलाई पार्टी कार्यालयको रुपमा सञ्चालन गर्न तत्कालिन एमाले ६ नं. वडाका उपाध्यक्ष कुमार लामालाई साँचो हस्तान्तरण गरेका छन् । लामाले पार्टीको कामकारवाही अगाडी बढाउन र सुस्त रहेको संगठनलाई बलियो पार्न पार्टी कार्यालय स्थापनामा सहयोग पु¥याएको उपाध्यक्ष लामाले बताए । कार्यक्रममा पार्टी जिल्ला सचिव हिमाल शर्मा, सचिवालय सदस्य टिआर नेपाल, महेश्वर फुयाँल, विरेन्द्र लामा, शान्ति श्रेष्ठ, महानगर कमिटि अध्यक्ष निर्मल देउला लगायत अतिथिहरु सहभागी थिए ।


