असार १६, काठमाडौं । सरकारले आंशिक रूपमा खुला गरेको बन्दाबन्दी (लकडाउन) लाई आगामी ७ श्रावणसम्म निरन्तरता दिने भएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि ७ श्रावणसम्म नै बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म अहिलेकै अवस्थाको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकाभित्र केही दिनयता कोभिड–१९ सक्रमितहरुको संख्या देखिदै गएकोले बढ्नसक्ने परिस्थितिलाई मध्येनजर गर्दै अहिलेकै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।

