सिन्धुपाल्चोकको हेलम्बु एफएममा आक्रमण

असार १५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। प्रहरीले घटनामा संलग्न थापामगरको खोजी गरिरहेको र घटनास्थलबाट एकथान बञ्चरोसमेत बरामद गरेको जनाएको छ । रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्मका लागि केही दिनका लागि प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिए ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.