असार १४, कास्की । पोखरा महानगरपालिका– ८ ईन्द्रपुरी टोलबस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला–३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । यसै गरी पोखरा महानगरपालिका–८ रत्नचोक सुगम मार्ग बस्ने३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमाजुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

