रुकुम घटनाको विरोधमा राजधानीमा मसाल जुलुस

असार १३, काठमाडौँ । पश्चिम रुकुमको सोतीमा भएको नवराज विकसहित छ जना युवकहरुको हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै शनिबार राजधानीका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ।

शनिबार साँझ एउटा समूहले बांगेमुढादेखि असनसम्म मसाल जुलुस निकालेको थियो भने अर्को समूहले इन्द्रचोकबाट मसाल जुलुस निकालेको थियो। प्रहरीले मसाल जुलुसलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेको थियो। बांगेमुढा र इन्द्रचोक दुवैतर्फबाट निस्केको जुलुस रत्नपार्कको शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। त्यस्तै, अर्को मसाल जुलुस पनि शान्तिबाटिकासम्म आएको थियो। उनीहरुले ‘नालायक सरकार मुर्दाबाद’, ‘जातीय विभेदको अन्त्य गर’, ‘नालायक गृहमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए। जुलुसमा सहभागी हुने क्रममा राजु सुनुवार घाइते भएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.