संयुक्त राष्ट्रसंघको गाडीमा खिचिएको सेक्स भिडियोबारे छानबिन हुँदै

असार १३, संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्नो एक आधिकारिक कारमा भएको सेक्सको फुटेजलाई लिएर गम्भीर आपत्ति जनाउँदै यो घटना अति चिन्ताजनक रहेको उल्लेख गरेको छ ।

हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको सडकमा गाडी भित्र सो सेक्स भिडियो बनाइएको हो । यो घटनाको छानबिन भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । भिडियोमा देखिएका मानिसको पहिचान गर्ने काम भइरहेको पनि युएनले उल्लेख गरेको छ ।

भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने जनाइएको छ । भिडियोमा गाडीको अगाडिको सिटमा रहेका एक व्यक्ति मुन्टो निहुराएर बसेको देखिएको छ । तर ड्राइभरले गाडी चलाएको भने देखिँदैन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डुजारिकले १८ सेकेण्डको सोभिडयोलाई ‘विभत्स’ भनेका छन् ।उनले भनेका छन्, ‘यदी युएनकै कर्मचारी यस्तो गर्छन् भने हामी जुन दुर्व्यवहार विरुद्ध लडिरहेका छौँ त्यसको कुनै अर्थ रहँदैन । यस्तो अवस्थामा सबै कुरा हामी विरुद्ध नै जान्छ ।’ यौन सम्बन्ध दुवै व्यक्तिको मन्जुरीमा भएको थियो वा अरु केही भन्ने बारे पनि अनुसन्धान भइरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.