लकडाउनमा ‘तिम्रो मेरो साथ’ लिएर आए राजकुमार ( भिडियो सहित )

असार १३, काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो मेरो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ। प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरणबाबु पुनको रहेको छ ।

म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन्। बिभिन्न सुन्दर ठाऊमा छायांकन गरिएको भिडियोमा एलिसा र राजकुमारको रोमान्स देख्न सकिन्छ। अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोलाई दर्शक ,स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन टिम ुतिम्रो मेरो साथुले आग्रह गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.