सिमलटारमा मनपरी विकास योजनाः करोडौँको योजनामा नागरिक वडापत्र छैन

असार १२, काठमाडौँ । काठमाडौँ महानगरपालिक वडा–६ अन्र्तगत बौद्ध सिमलटार क्षेत्रमा विकास योजनाको काम नै विभेदपूर्ण रुपमा भईरहेको आरोप छ ।

वडा अध्यक्ष दिपेन्द्र लामाले सिमलटारमा राजनीतिक रंगका आधारमा विकास कार्य गरिरहेको र करोडौँको बजेटबाट निर्माण कार्य भएपनि स्थानीयलाई जानकारी नभएको बताएको छ । पक्षपातका आधारमा विकास कार्यमा बजेट वितरण गर्ने र व्यक्तिलाई खुसी पार्ने प्रयोजनले सामुदायिक हितभन्दा माथी रहेर विकास निर्माण कार्य भईरहेको सिमलटारबासीको आरोप छ ।

उनिहरु भन्छन् – ‘हामी पनि नयाँबजार क्षेत्रमा बसोबास गर्ने नागरिक बराबर नै कर तिरेका छौँ तर सुविधाको हिसावले भने वडाबाट बञ्चित गराएको छ ।’ न ढल व्यवस्थापन ग¥यो न त बाटो नै यहाँका नागरिकलाई वडाले नै पछाडि पारिएको छ । एक स्थानीयको अनुसार वडा अध्यक्षले राजनीतिक पार्टीको आँखाबाट त्यस ठाउँलाई हेरेको छ । एकमुष्ट रकम प्याकेज प्याकेजमा विभाजन गरी केही आफू निकटका व्यक्तिको निकास वरिपरि मात्र विकास कार्य अगाडी बढाएको छ ।

 

सिमलटार टोलबस्तीमा ढल व्यवस्थापनमा समस्या आएपछि वडाकै बजेटबाट गत वर्ष ढल राखियो तर त्यसको प्रयोग र व्यवस्थापन भने हुन नसकेको उनीहरुको भनाई छ । व्यक्तिको जग्गामाथी ढल बनाएर अलपत्र राखिएको त्यस कार्यलाई पूर्णता नदेखाएकोमा दुःख व्यक्त गरेका छन् । त्यस्तै सिमलटार ओरोलोदेखि बुढानिलकण्ठा नगरपालिका छुने क्षेत्रमा रिटेनिङ वाल (पर्खाल) को काम तिब्र रुपमा अगाडी बढिरहेको छ ।

 

तर त्यस कार्य भने व्यक्तिको जग्गा सम्याउने प्रयोजनमा गरिएको स्थानीयको आरोप छ । सोही वडाका वडा सदस्य भगवान थापाका अनुसार उक्त बजेट संघ, प्रदेश र महानगरपालिका स्तरिय विकास योजना पूर्वाधारअनुसार भईरहेको र कुल बजेट ९५ लाख सम्झौता भएको बताएको छ । पर्खाल निर्माण कार्य असार मसान्तसम्म सकाउने योजना रहेको वडा सदस्य थापाले जानकारी दिए ।

तर लाखौँ योजनाबाट निर्माण कार्य भईरहदा नागरिक वडापत्र समेत नराखी स्थानीयको आँखा छल्न खोजिएको भन्दै वडा अध्यक्षमाथी प्रश्न तेर्साएका छन् । निर्माण कार्य कहाँ कति बजेट र समयअविध कहिलेसम्म भन्ने जानकारी नराखी नागरिकको सूचनाको हकको मौलिक हकलाई समेत धज्जि उठाएकोले उक्त कार्यप्रति अपारदर्शीताको अशंका गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.