नेकपा गोकर्णेश्वर नगर अध्यक्ष विवादमा तानिदै

असार ११, काठमाडौँ । नेकपा गोकर्णेश्वर नगर अध्यक्ष उद्धब विष्ट विवादमा तानिने भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर जनस्तरबाट विभिन्न कमेन्ट तथा आरोपप्रत्यारोप आएपछि नेकपा गोकर्णेश्वरभित्र खैलाबैला सुरु भएको छ ।

उनले लेखेको स्टाटसमा प्रतिक्रिया दिदै श्याम श्रेष्ठले चुनावको बेला आफ्नै पार्टीलाई हराउन १५ लाख अन्य पार्टीबाट लिएको खुलुसा गरेपछि सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ । अरु थप्दै ३५ टिप ग्राबेलको पैसा समेत खोज्दै श्रेष्ठले प्रश्न गरेका छन् । विष्टलाई गा.वि.स. अध्यक्ष भएको बेला नै खोलानालामा हिम पाईप विछ्याएर प्रर्ति जग्गा बेचिएको आरोप लगाएका छन् । यसप्रकारका कमेन्ट तथा प्रतिक्रिया आउँदा अध्यक्ष विष्टले भने फटाह कुरा गरेर जनतालाई भ्रम छर्ने ? भन्दै प्रतिजावाफ फर्काएका छन् ।

फेसबुक विवाद यसरी हुन्छः
उद्धब विष्टले आफ्नै फेसबुक वालमा बुधवार ‘गोकर्णेश्वर नगरपालिकाको ध्यान केमा हो, वर्षको समयमा बाटो बिगारेर सोझा जनतामाथी थिचोमिचो भो’ भन्दै बालुवा उत्खनन गरेको स्थान र केही थान टिपरको तस्बीर पोष्ट गरेका थिए । उनले पोष्ट गर्ने वित्तिकै थुप्रै कमेन्टहरु आयो । अनि सुरु भयो श्याम श्रेष्ठविच दोहोरी । श्याम श्रेष्ठ पनि स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरको उम्मेद्वार भएर जनताको घरदैलो गरेको व्यक्ति भन्ने बुझ्न आएको छ ।

विवादमा यसरी तानिदै विष्ट
तत्कालिन एमालेबाट पुण्यप्रसाद चौलागाईले गोकर्णेश्वर नगरपालिकाका लागि मेयरको टिकट पाएर चुनावमा होमिदा पार्टीभित्रबाटै हराउन प्रयास गरेको भन्ने हल्ला त्यसबखत नै बाहिर आएपनि पुष्टि भने हुन सकेको थिएन् । तर पछिल्लो समयमा नेकपाभित्र गुटउपगुट र टिकट वितरणदेखि नै आफ्नै पार्टीभित्र एकले अर्कालाई कमजोर पार्न खोजिएको आरोप नेकपाकै नेताहरुबाट आउन थालेको छ । यस प्रकारका खेलको खेलाडीहरुको पर्दाफास एकपछि अर्को हुन थालेको देख्न आएको छ । पार्टीभित्र आफु निकटका व्यक्ति नपर्दा आफ्नै उम्मेद्वारहरुलाई हराउन अप्रत्यक्ष रुपमा लागि परेको थुप्रै प्रश्नहरुको वीच उद्धब विष्टमाथी यस्ता आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा  अध्यक्ष विष्टले दोहोरो भूमिका निभाएर चौलागाईलाई चुनावबाट हराएको पार्टीभित्रकै एक नेताले बताए । सोहीबेला निर्वाचन नगर संयोजकमा हरिकृष्ण श्रेष्ठ रहेका थिए । नेपाली काँग्रेसका उम्मेद्वार हाल मेयर सन्तोष चालिसेलाई जिताउन नेकपाकै केही नेता गोकर्णमा रहेको शहिद पार्कको कार्यालयमा बसेर विशेष छलफल गरेको र लेनदेनको समेत कार्य भएको विशेष सुत्रबाट खुल्न आएको छ ।

गोकर्णेश्वरमा नेकपा संसदीय दलको भूमिका कमजोर
गोकर्णेश्वर नगरपालिका अन्र्तगत नगरपालिकामा नेकपाको संसदीय दलको भूमिका कमजोर नेकपाकै कार्यकर्ताले बताउँदै हाम्रा नगर अध्यक्ष नै ठेक्कापट्टा र कमिशनको खेलमा व्यस्त भएपछि कसरी पार्टीको संयन्त्र राम्रोसंग चल्न सक्छ त ? नगर अध्यक्षकै भूमिकामाथी प्रश्न खडा भएपछि नगरपालिकामा संसदीय दलको भूमिका निभाउन नसकिएको आरोप लागेको छ । काँग्रेसबाट निर्वाचित मेयर सन्तोष चालिसेले आफुखुसी बजेट वितरण गर्दा समेत नेकपाका जनप्रतिनिधिहरुले आवाज उठाउन नसकिएको जिल्ला सदस्य समेत रहेका नेकपा अर्का नेताले बताए । मेयरले आफुअनुकुलको योजना दिएर नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई खुशी पारेपछि प्रतिपक्षको भूमिका निभाउन नचाहेको उनको आरोप छ । तर प्रदेश, संघमा समेत नेकपाकै वर्चश्व रहेता पनि नेकपाका जनप्रतिनिधि भने जनताको लागि भन्दा आफ्नो स्वार्थ पूर्तिका लागि मात्र अघि सरेको बताए ।

स्थानीय तहमा आफ्नो पार्टीका जनप्रतिनिधिले के कस्तो काम गरिरहेको छ भन्ने जानकारी नगर अध्यक्षले नलिएकै कारण पार्टीको छवि बिग्रिदै गएको ती नेताको भनाई छ । यसरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विवादित कुरा बाहिर आएपछि पार्टी नेतृत्व पंक्तिले स्पष्टिकरण माग्नुपर्ने उनको धारणा छ ।

यस्तो छ फेसबुकमा भेटिएको सामाग्री

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.