आज ६ देशबाट १२ सय ६० स्वदेश फर्के, ४०८ जना विदेश गए

असार १०, काठमाडौँ । विदेशमा अलपत्र परेका मध्ये बुधबार विभिन्न ६ बटा मुलुकबाट १२ सय ६० नेपाली नागरिक नेपाल फर्केका छन् । त्यस्तै नेपालबाट ४०८ जना विदेश उडेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार बुधबार साउदी अरेबियाबाट सबैभन्दा बढि ४०९ जना नेपाली नागरिक नेपाल फर्केका हुन् । त्यस्तै अमेरिकाबाट २८२ जना ,अष्ट्रेलियाबाट २५८ जना, कुवेतबाट १५५ जना, युएइबाट १५२ जना , मलेसियाबाट ४ जना नेपाली स्वदेश फर्केका छन् ।
यसरी नेपाल फर्कनेमा प्रदेश १ का १८८ जना, प्रदेश २ का १२३ जना, वाग्मती प्रदेशका ३५४ जना, गण्डकी प्रदेशका १०२ जना, प्रदेश ५ का १५५ जना, कर्णाली प्रदेशका ३५ जना र सुदुरपश्चिम प्रदेशका २१ जना रहनु भएको छ ।

अमेरिकाबाट फर्केका नेपालीहरुको प्रदेशगत वर्गिकरण हुन बाँकी रहेको जनाइएको छ । नेपाल फर्कनु भएको नेपाल नागरिकलाई उपत्यका स्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परिक्षण र थप विवरण संकलन गर्ने कार्य जारी रहेको जनाईएको छ । यसैबीच बुधबार नै नेपालबाट ४०८ जना विदेश फर्केका त्रिभुवन विमानस्थलले जनाएको छ ।

लक डाउनको समय भए पनि अत्याश्यक स्थानीय उडान स्वदेशभित्र कायमै रहेको विमानस्थलले उल्लेख गरेको छ । मनाङ एयर, सिम्रिक एयर, तारा एयरले दिनभरमा १० वटा उडान भरेका थिए । विदेशबाट आवतजावत गर्ने उडानमध्ये स्वदेशी विदेशी एयरलायन्सका गरि बिहीबार १३ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने बुधबार साँझसम्म तय रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.