पहिराेले तीन वटा गाडी बगायाे, दुईकाे मृत्यु

असार ८, पाल्पा। जिल्लाको तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिरोले तीन वटा गाडी बगाएको छ ।

पाल्पा–गुल्मी सडक खण्डमा सोमबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको तीन वटा सवारी साधन कार, ट्रक र मिनि ट्रकलाई सडकमाथिबाट खसेको पहिरोले बगाएर सडक तल भीरमा पु¥याएको  प्रहरीले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले उद्धारका लागि प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । एउटा गाडी पहिरोमा तल पुगेकाले त्यसमा के कति यात्रु छन् भने जानकारी नभएको र माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धारमा कठिनाइ भइरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । हालसम्म मानवीय क्षतिका बारेमा थप जानकारी आउन सकेको छैन । रेखीराम राना÷ गोरखापत्र

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.