नेपालमा कोरोना संक्रमितको संख्या ८,२७४ पुग्यो

असार ५, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । आज ४२६ जना थपिएका छन् । विहिबार ६७१ जना थपिएका थिए । बुधबार ५८६ जना थपिएका थिए । मंगलबार ४५१ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । उपचारपछि निको हुनेको संख्या १ हजार ४०२ जना पुगेको छ । आज २१६ जना निको भएका छन् । विहिबार १९ जना निको भएका थिए । बुधबार ९ जना निको भएका थिए । मंगलबार ११७ जना निको भएका थिए । मृतकहरुको संख्या २२ जना पुगेको छ । संक्रमित जिल्ला ७४ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.