‘भारतीय सेनातर्फ कुनै क्षति भएको छैन’ : भारतीय सेना

असार ५, नयाँ दिल्ली । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भनिएको भिडन्तका क्रममा भारतीय सेनातर्फ कुनै क्षति नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडि भएको भनिएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरुको मृत्यु भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नोतर्फ कुनै क्षति नभएको जानकारी दिएको हो । जुन १५ र १६ तारिखमा लदाखको गाल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारततर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको समाचार आएको थियो ।

भारतीय सेनाद्वारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले यही जुन १७ तारिखका दिन चीन र भारतबीचमा झडप भएको र केही भारतीय सैनिकहरुको मृत्यु भएको भनेर समाचार लेखिए पनि भारतीय सेनामा कुनै क्षति नभएको स्पष्ट पार्न चाहन्छौँ ।” समाचारमा झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिकतर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.