असार ४, पोखरा । पर्वत जिल्लामा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षका एक पुरुष र २० वर्षकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारिन्टनमा रहेका वर्ष ३० का १ जना पुरुष, फलेबास नगरपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका ३० र ३७ वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको शर्माले बताए । उनीहरु सबै भारतबाट फर्किएका हुन् । उनीहरुलाई पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रवक्ता शर्माले बताए ।

