मनाङमा भेटिए कोरोना संक्रमित, गण्डकी प्रदेशभर २८९

असार ४, पोखरा । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा पहिलोपल्ट कोरोना संक्रमित भेटिएको छ ।

उनी कपिलवस्तुबाट फर्किएका चामे गाउँ पालिकाका कर्मचारी हुन् । मनाङ सहित गण्डकीका १० जिल्लामा संक्रमण देखिएको छ । मुस्ताङ जिल्लामा संक्रमित भेटिएका छैनन् । बाहिरबाट आएकाहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ । यसैगरी नवलपुरमा १८, तनहुँमा १२, गोरखामा थप ११ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरका १ जनाको भरतपुर अस्पतालमा गरिएको परीक्षण कोरोना पुष्टि भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.