सैनिकको बलिदान त्यसै खेर नजाने : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

असार ४, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित हिमालय क्षेत्रमा भएको चिनियाँ सैनिकसँगको लडाईँमा कम्तीमा २० सैनिकको बलिदान त्यसै खेर नजाने बताएका छन्।

‘चिनियाँहरूसँग लड्दै हाम्रा सैनिकहरूले सहादत प्राप्त गरेकोमा भारतले गर्वु गर्ने मोदीले बताएका छन्। प्रधानमन्त्री मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘हामीले सधैँ मतभेद विवाद नबनोस् भनेर प्रयास गर्‍यौँ। हामी कहिल्यै पनि कसैलाई उक्साउँदैनौँ। तर हामी आफ्नो देशको अखण्डता र सम्प्रभुतासँग सम्झौता पनि गर्न सक्दैनौँ। समय आएको बेला हामीले देशको अखण्डता र सम्प्रभुता रक्षा गर्नका लागि आफ्नो शक्तिको प्रदर्शन गरेका छौँ।’ काँटी सहितका डन्डा, ब्याट तथा लाठ्ठीको प्रयोग सैनिकहरूले उक्त झडपमा गरेका विवरण आएका छन्। गोली भने नचलेको बताइएको छ।

दुवै पक्षले एक अर्कालाई दोषारोपण
उक्त झडपलाई लिएर दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन्। यो कश्मीर क्षेत्रमा पछिल्लो ४५ वर्ष यता दुवै पक्षबीच मानवीय क्षति हुने गरि भएको पहिलो भिडन्त हो। अझै पनि केही भारतीय सैनिकहरू हराइरहेको ठानिएको छ। भारतीय सेनाले चीनतर्फ पनि क्षति भएको बताएको छ तर बेइजिङ्ले कुनै विस्तृत विवरण दिएको छैन। भारतीय समाचार संस्था एएनआइका अनुसार मोदीले भारतले शान्ति चाहेको तर उक्साएमा उपयुक्त जवाफ दिन सक्षम रहेको पनि उल्लेख गरेका छन्।

‘भारतद्वारा संयमता प्रदर्शन’
दिल्लीस्थित बीबीसी न्यूजकी संवाददाता गीता पाण्डेले पछिल्लो समय भारतका नेताहरूको भनाइबाट भारतले संयमता प्रदर्शन गरेको देखिने बताएकी छन्। उक्त हिंसक झडप भएको २४ घण्टापश्चात् भारतीय सरकारको तर्फबाट पहिला टिप्पणीहरू आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका रक्षा र गृहमन्त्रीहरूले आफ्ना शब्दको चयन सोचविचारपूर्ण रूपमा गरेको पाण्डेले बताएको खबर बीबीसीमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.