किर्ते सम्झौतामा वडा अध्यक्ष नै संलग्न, ५ वर्षे सम्झौतापत्रमा हस्ताक्षर

हिरा लामा
असार ३, काभ्रे । जिल्लाको रोशी गाउँपािलका वडा–३ का अध्यक्ष स्वंयम माला व्यापार कारोबारमा साक्षी बसेर लेनदेनको कारोबारमा संलग्न रहेको खुलासा भएको छ ।

वडा अध्यक्ष धनजीत लामाले शिखर फोई स्थित म्राङखेप्पा सार्कीमान लामाको नाममा रहेको जग्गामा फलेको बुद्धचित्त मालाको कारोबार मिलाउन काठमाडौँ स्थित बबरमहलमा दुई पक्षीय सम्झौता गरी आफैँ साक्षी बसेको खुल्न आएको छ । २०७५ जेठ ३० गते सम्झौता गरिएको पत्रमा उल्लेख भएअुसार सोही वर्षमा उत्पादित मालाको मूल्य रु. १२ लाखमा खरिद बिक्री गर्ने भनिएको छ । तर उक्त जग्गाको श्रेस्ता हकवाला भनि चमार सिं लामा, मिठ्ठु लामा÷ माया लामा (संयुक्त), पन्च लामालाई त्यस उत्पादित मालाको रकम खरिदकर्ताले बुझाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको भेटिन्छ । तर खरिदकर्ताले विवादित रहेको भन्दै माला नलिएको खुल्न आएको छ ।

 

खरिदकर्ता सोही जिल्ला तेमाल गाँउपालिका वडा–७ का रणबहादुर तामाङले २०७६ सालदेखि २०८० सालसम्म ५ वर्षको सम्पूर्ण उत्पादन आपसी सहमतीमा तत्कालिन समयको बजारमूल्यमा खरिदबिक्री गर्ने गरी दुई पक्षवीच सहमती कागजमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा साक्षी रोहवारमा रोशी गाउँपालिका वडा–३ का अध्यक्ष धनजीत लामा, सोही गाँउपालिकाका वडा– ६ का पदमबहादुर लामा र मस्यौदाकार अधिवक्त अनन्त देव पराजुलीको हस्ताक्षर रहेको छ । सम्झौता २०७५ जेठ ३० गते रणबहादुर तामाङसंग भए पनि माला भने अन्य व्यक्तिलाई बेचिएको खुलासा भएको छ । सम्झौतामा रु. १२ लाख उल्लेख भएपनि पंच लामा र वडा अध्यक्ष स्वंयमले रुखबाट टिपेर काठमाडौँ ल्याई रु. २२ लाखमा बेचिएको जानकारी प्राप्त भएको छ ।

मध्यरातमा भएको सम्झौतामा गैरकानुनी रुपमा वडा अध्यक्ष नै साक्षी बसी कारोबारमा लागेको र नामसारी समेत नभएको त्यस जग्गामा उत्पादित माला बेचबिखान गर्न ३ जनाको नाममा किर्ते कार्यमा संलग्न भई आम्दानी लिने गरी सम्झौता गरिएको र १० वर्षसम्म त्यस जग्गमा उत्पादित मालाको आम्दानी बराबर लिने गरी चमार सिं तामाङ, पंच लामा र माया लामा (संयुक्त) वीच त्रिपक्षीय रुपमा अर्को आन्तरिक सम्झौता गराएको खुल्न आएको छ । सोही सम्झौतापत्र वडा अध्यक्ष आफैले लिएको र हाल उक्त पत्रको खोजीनीति थालेपछि हराएको भन्ने जावाफ फर्काएको सम्झौतामा रकम पाउने मध्येका एक मिठ्ठु लामाले सुनाईन् । ०७५ सालमा बिक्री भएको रकम समेत आफुलाई नपाएको भन्दै साक्षी समेत रहेका वडा अध्यक्ष लामालाई ताकेता गर्दा फोन कुनै प्रतिक्रिया नआएको र फोन सम्पर्क गर्दा नउठाएको भन्दै न्यायको लागि गाउँपालिका जाने बताईन् ।

 

म्राङखेप्पा सार्कीमानको नाममा रहेको जग्गा पंच लामाले भोगचलन गरेको र तिरो तिर्दै आएको भन्दै सार्कीमानको जग्गा आफ्नो नाममा नामसारीका लागि मालपोत कार्यालय धुलिखेलमा निवेदन दर्ता भएपछि अर्का नाता हकदारहरु सोही वडाकै चमाचर सिंह तामाङ, नारायण सिं लामा, ईमान सिं लामा र धनवीर लामाले आफुहरुलाई पनि पाउनुपर्ने भन्दै पन्चवीर लामा, धनवीर लामा, मान सिं लामा र कामी सिं लामालाई विपक्षी बनाई जिल्ला अदालत काभ्रेपाल्चोकमा मुद्ध दर्ता गराएका थिए । पंच लामाले भोगचलन, तिरोतिरन गरेको कानुनी रुपमा अधिकार प्राप्त नभएको भन्दै जिल्ला अदालत काभ्रेका न्यायाधीश दुर्गा खड्काको इजलासबाट मिति २०७६ माघ ९ गते नै फैसाला सुनाएको छ ।

म्राङखेप्पा सार्कीमान लामा वेपत्त रहेको र उनको नाममा रहेको कि.नं. १९६ क्षेत्रफल ०–५–१–१ जग्गा हालसम्म कसैको नाममा नामसारी नहुँदा वडा अध्यक्ष लामाले भने किर्ते कार्यमा आफैँ संलग्न रहदै आएको खुल्न आएको छ । उक्त मुद्धमामिलामा अध्यक्ष स्वंयम आर्थिक लोभमा फसेर गलत कार्य गरेको भन्दै स्थानीयहरुले समेत विरोध गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.