मानव अधिकार उल्लंघनका घटनाहरुप्रति आयोगलाई गम्भीर ध्यानाकर्षण

लकडाउनको समयमा व्यापक मानव अधिकारको उल्लंघन

प्रारम्भ खबर ।
जेठ ३२, काठमाडौँ । कोरोना पीडित संघर्ष समितिद्वारा लकडाउनका समयमा भएको मानव अधिकार उल्लंघनका घटनाहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

लकडाउनको प्रभावमा परेका नेपाली नागरिकको समस्यालाई राज्यको तर्फबाट उचित राहतको व्यवस्थापनको माग राख्दै संघर्ष समितिको टोलीले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

त्यस्तै घर भाडामा बस्ने व्यक्तिहरुलाई घरबेटीबाट भाडा माग्दै विद्युत काटिदिने, धारामा पानी नदिने, मानसिक दबाब दिने लगायत आमनवीय व्यवहार देखाएको भन्दै भाडामा बस्नेहरुहरुलाई पनि समान व्यवहार गरी मानव संवेदनशीलतालाई ख्याल राख्नुपर्ने र राज्यले  भाडा मिनाहा गराई राहत मिलाउनुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले संघर्ष समितिको मागबारे अध्ययन गरी त्यस विषयमा गम्भीर हुने प्रतिबद्धता व्यक्त गरे । लकडाउनको समयमा थुप्रै मानवअधिकार उल्लंघनका घटनाहरुको उजुरी परेको र त्यसबारे छानविन भईरहेको बताए । त्यस्तै लकडाउनमा सरकारको व्यवस्थापीय क्षमता कमजोर भएको अध्यक्ष शर्माको आरोप छ ।

सरकारले स्वास्थ्य सामाग्रीमा समेत अनिमियतता गरेको र त्यसको स्पष्ट हिसाव आम नागरिकलाई दिनुपर्ने उल्लेख छ । भाडावाला सरोकार समाज नेपालका अध्यक्ष एवम् संयुक्त संघर्ष समितिका संयोजक विश्वजंग बस्नेतले ज्ञापनपत्र बुझाउँदै आफ्नो मागलाई समयमै सम्बोधन गराउन माग गरेका छन् । काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला प्रशासनकार्यालयमा समेत आफुहरुले ज्ञापनपत्र बुझाएको स्मारण गराएका छन् । संघर्ष समितिमा भाडावाला सरोकार समाज नेपाल, नेपाल स्वतन्त्र नागरिक समाज लगायत विभिन्न १६ भन्दा बढि संघसंस्थाहरु आवद्ध छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.