आज नेकपा सचिवालय बैठक बस्दै

जेठ ३२, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले आज सचिवालय बैठक बोलाएको छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

बैठक आज दिउसो ४ बजेलाई बोलाइएको छ । यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो । एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.