जेठ २८, काठमाडौँ । नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघद्वारा सरकार विरुद्ध आन्दोलन गरेका छन् । बुधबार साँझा जोरपाटीको बराल पम्प अगाडीबाट प्रधानमन्त्रीको पुत्ला जलाउँदै मासल जुलुसमा निस्किएका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका छन् ।
भ्रष्टाचार, र असक्षम नेतृत्व गरेको भन्दै प्रधानमन्त्री के.पी ओली विरुद्ध नारा समेत लगाएका थिए । सरकार आफै भ्रष्टाचारमा लिप्त रहेको र कोरोना उपचार सामाग्रीमा अर्बौ अनिमियतता गरेको आरोप लगाउँदै आन्दोलनकारीहरुले मासल जुलुस निकालेका थिए । सयौँ संख्यमा प्रहरी परिचालन गरिएको कारण आन्दोलनकारीहरु नियन्त्रण गर्न सफल भएका छन् । प्रहरी नियन्त्रणमा परेका ने.बि. संघका कार्यकर्ता महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको छ ।

