पेस्तोलसहित चितवनबाट एकजना पक्राउ

जेठ २८, चितवन । प्रहरीले चितवनमा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने सुजन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनलाई सोही स्थानबाट सोमबार अपराह्न ४ बजे पेस्तोल, फायर भएको गोली, खोकासहित पक्राउ गरिएको हो । सुनारको घरमा अवैध हातहतियार राखेको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको घरबाट ९ एमएम लेखिएको पेस्तोल एक थान, फायर भएको जस्तो देखिने गोली १० थान, खोका २ थान फेला पारिएको कोइरालाले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी हातहातियार तथा खरखजानासम्बन्धी कसुरमा कारबाही हुनेछ । सो कसुरमा ५ वर्ष कैद र ५० हजार रुपैयांँ जरिवाना सजाय हुने कानुनी व्यवस्था छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.