थप ३२३ कोरोनाबाट सङ्क्रमित, कुल सङ्ख्या ४०८५ पुग्यो

जेठ २७, काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएको छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा विहान चितवन –११ का एक कोरोना सङ्क्रमित पुरूषको मृत्यु भएको छ । पहिलो पटक इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएकाले कोरोना फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.