परीक्षासम्बन्धी अन्योल अब धेरै समय रहन्न, सरकारले स्पष्ट पार्छ : शिक्षामन्त्री

जेठ २७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महामारीका कारण अवरुद्ध भएको परीक्षामा भएको अन्योललाई सरकारले तत्काल स्पष्ट पार्ने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्‍नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले कक्षा १०, ११, १२ को परीक्षा, विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभीटीका परीक्षाका सम्बन्धमा भएको अन्योललाई सरकारले छिटै स्पष्ट पार्ने बताएका हुन् । त्यस्तै विद्यालय तह, स्नातक र स्तनातकोत्तरलगायतका सबै तहका अन्तिम वर्ष र सेमेस्टारका परीक्षा केही समय कुरेर भए पनि उपयुक्त समयमा गर्ने उनले बताए । “हाल पहिलो समेस्टर पढाइ सकेकालाई परीक्षा नलिइकन पनि अर्को सेमेस्टरमा लगेर पढाइ सुरु गर्ने र उपयुक्त समयमा परीक्षा लिने । शैक्षिक सत्र क्षति हुन नदिनेतर्फ अन्तिम गृहकार्य भइरहेको छ,” उनले भने ।

परीक्षाका सम्बन्धमा विद्यार्थी र अभिभावकमा रहेको अन्योल अब धेरै समय नरहने उनले बताए । त्यस्तै, उनले वैकल्पिक रुपबाट शिक्षा सिकाई निर्देशिका जारी गरिएको र परिवेशअनुकूल हुने गरी सिकाइ हुने गरी गृहकार्य भइरहेको पनि बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.