जेठ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको सरुवा भएको छ ।
प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई दिइएको छ । अहिलेका प्रवक्ता डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । नयाँ प्रवक्ता तोकिएका डा. गौतम गत बिहीबार मात्रै मन्त्रालयमा सरुवा भएका हुन् । जिम्मेवारी हेरफेर भएको जानकारी प्रवक्ता देवकोटाले लाइभमार्फत दिएका थिए ।
प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएपछि बोल्दै डा. देवकोटाले ७६ दिनसम्म कोरोनाको सूचना लिएर अपडेटमा आएको बताउँदै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
त्यसअघि उनी परोपकार प्रसुती गृहका निर्देशक थिए । यसअघि बिहीबार मन्त्रालय मातहतको सबैभन्दा शक्तिशाली मानिने स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि परिवर्तन गरेको थियो । मन्त्रालयले नयाँ महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको थियो । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई भने मन्त्रालय तानेर कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा काजमा जिम्मेवारी दिइएको छ ।

