ज्ञानकाजी तामाङ,
जेठ १५, दोलखा । दोलखा जिल्लामा एक व्यक्तिलाई कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्बर– २ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालबाट रिफर गरिएको बिरामीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु कुमार झाले जानकरी दिनुभयो ।
धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालमा दमको रोगीलाई स्वास्थ्यमा जटिल समस्या देखा परेपछि काठमाडौँ रिफर गरिएको थियो । नीज व्यक्तिलाई शिक्षण अस्पताल काठमाण्डौंमा पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ फेला परेको दोलखा स्वास्थ्य प्रमुख झाले बताउनुभयो । हाल उनलाई असोलेशनमा राखेर उपचार गराईरहेको छ ।

