साँधु बाबाले सडकपेटी तथा दीनदुःखीलाई यसरी खुवाए खाना

राष्ट्र संकटको बेला सरकार नपुगेको ठाउँ योगीहरु पुग्न सक्छौँ भन्ने आफ्नो हिम्मातका साथ करिब २५ जना स्वयमसेवक परिचालन गरि काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित हाडीगाउँमा रहेको गोरखनाथ मन्दिरका पूजारी योगी विश्वनाथ बाबाले सडकपेटी तथा मन्दिर परिसरमा रहेका दीनदुःखीहरुलाई खाना खुवाउँदै  आईरहेको ४९ दिन पूरा भएको छ ।

मन्दिर परिसरमै दाउराबाट खाना पकाएर काठमाडौँको बीर अस्पताल आसपास, पशुपति क्षेत्र, कलंकीको नैकाप, बालाजु बसपार्क लगायतका क्षेत्रमा खाना वितरण गर्दै आईरहेको छ ।

स्वच्छ पवित्र मनबाट गरिएको सहयोगलाई सबैतिरबाट प्रशंसा पाईरहेको बताउँदै योगी बाबा राष्ट्र संकटको बेला खाना नपाउनेहरुलाई सहयोग गर्न जोकोही पनि पछि हट्नु हुदैन भन्ने भावले आफु संक्रियताका साथ खाना परिकार खुवाउने अभियान सञ्चालन गर्दै आएको बताए ।

सुरुवातीको दिनमा मन्दिरमा दान दक्षिणबाट आएको रकमबाट खाना अभियान सञ्चालन गरिएता पनि पछिल्लो समयमा महानगर, नेपाल प्रहरी श्रीमति संघ लगायत संघसंस्थाहरुबाट सहयोग प्राप्त भएको बताए ।

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढेसंगै खाना खुवाउने कार्यलाई प्रशासनबाट प्रतिबन्ध गरेको छ । प्रतिबन्ध लगाएपनि लकडाउनको समयमा भोको पेट कसैको नहोस भन्ने उनको सोच रहेको छ । उनी भन्छन् सरकारको नजर ती सडकपेटी र मन्दिर परिसरमा भोको पेटमा छटपटाईरहेकाहरुसामु पनि पुगोस् ।

भिडियोमा हेर्नुस्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.