एक सय यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

जेठ ९, काठमाडौँ । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।

विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

सामाजिक सञ्चालहरुमा दुर्घटनास्थल वरपर धूवाँ उडिरहेका तस्बिरहरु पोष्ट गरिएको सीएनएनले जानाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.