बूढानीलकण्ठमा २१ जनामा आरडीटी पोजेटिभ

जेठ ९, काठमाडौं । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडीटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडीटी गरिएको हो । आरडीटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा ७ स्थित एकल महिला छहारी भवनको क्‍वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । आरडीटी पोजेटिभ देखिएकामध्ये १५ पुरुष र ६ महिला छन् । आरडीटी पोजेटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ ।

आरडीटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि आरटीपीसीआर नै गर्नुपर्ने भएकाले आरडीटी गरी पोजेटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गरे । (रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.